ad ad

समाज


मोटरसाइकलमा सबार दुई म्यादी प्रहरीको बसको ठक्करबाट मृत्यु

मोटरसाइकलमा सबार दुई म्यादी प्रहरीको बसको ठक्करबाट मृत्यु

नेपालखबर
जेठ ११, २०७९ बुधबार ८:३२, काठमाडौँ

झापाको शिवसताक्षीस्थित धरमपुरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना म्यादी प्रहरीको मृत्यु भएको छ। 

मृतक म्यादी प्रहरीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

आज (बुधबार) बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको बसले प्रदेश १–०२०४० प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना म्यादी प्रहरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

निर्वाचन सुरक्षामा खटिएर कार्यालयमा फर्किंदै गर्दा उनीहरुलाई बसले ठक्कर दिएको हो। 

पश्चिमबाट पूर्व आउँदै गरेको बसले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो। 

दुर्घटनापछि बसलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .