ad ad

समाज


मनोज पाण्डेमाथि दोस्रो अभियोग : अघिल्लो वर्ष अर्की नाबालिगमाथि बलात्कार

मनोज पाण्डेमाथि दोस्रो अभियोग : अघिल्लो वर्ष अर्की नाबालिगमाथि बलात्कार

नेपालखबर
जेठ ८, २०७९ आइतबार २०:३०, काठमाडौँ

कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले यौन शोषण गरेको भन्दै प्रहरीको सम्पर्कमा पुगेकी अर्की नाबालिग अघिल्लो वर्ष मात्रै यौन शोषणमा परेको खुलेको छ।

१८ वर्ष मुनिकी उनले सन् २०२१ मा आफूमाथि यौन शोषण भएको जानकारी गराएकी छन्। तर, कुन महिना भन्ने प्रष्ट भइसकेको छैन।

एक वर्ष पहिलेकै घटना भए पनि उनी १८ वर्षकी मात्रै भएकाले हद म्याद लाग्दैन। बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ७४ को उपदफा (२) अनुसार बालबालिकाको हकमा १८ वर्ष पुगेको एक वर्षसम्म कायम रहनेछ।

तर, यी नाबालिगमाथि भने एक वर्षभित्रै यौन शोषण भएको हुन सक्ने देखिएको छ। उनले ठ्याक्कै यही महिना हो भन्ने खुलाएकी छैनन्।

सबै कुरा जाहेरीमा खुलाएर ल्याउन प्रहरीले उनलाई सुझाव दिएको छ।

यसअघि सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै मनोज पाण्डेले यौन शोषण गरेको आरोप लगाउने किशोरीको मुद्दामा भने हद म्यादका कारण बलात्कारको आरोपमा मुद्दा दर्ता नहुने भएको छ।

पीडितका कानुन व्यवसायीले मानव बेचविखनको कसुरमा मुद्दा चलाउने गरी जाहेरी तयार गरेका छन्। सोमबार उनको जाहेरी आएपछि प्रहरीले जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लैजाने तयारी गरेको छ।

यो मुद्दामा म्याद गरिसकेपछि अन्य पीडितको पनि जाहेरी लिने यो मुद्दामा म्याद थप नभए अन्य पीडितको जाहेरी लिएर अदालत लैजाने तयारी अनुसन्धान अधिकृतले गरेका छन्।

सुरुमा घटना सार्वजनिक गर्ने किशोरीले आफूमाथि ८ वर्ष पहिले यौन शोषण भएको बताएकी छन्। तर किशोरी १९ वर्ष नाघ्नु र घटना एक वर्ष पहिलेको हुँदा बलात्कारको मुद्दामा हदम्याद लाग्ने भएको हो।

अर्की पीडित सम्पर्कमा आएसँगै पाण्डेमाथि बलात्कारको कसुरमा पनि मुद्दा चलाउन प्रहरीलाई सहयोग पुगेको छ।

आइतबार उपत्यका प्रहरी अपराध महाशाखामा पुगेर ती नाबालिगले आफू पनि पाण्डेबाट यौन शोषणमा परेको बताएकी थिइन्।

शनिबार प्रहरीले पाण्डेलाई पक्राउ गरे लगत्तै उनले सामाजिक सञ्जालमार्फत प्रहरीलाई सम्पर्क गरेकी थिइन्। आइतबार उनले महाशाखामै पुगेर घटना बारे जानकारी गराएकी हुन्।

यसअघि सुन्दरी प्रतियोगितामा सहभागी किशोरीलाई पाण्डेले यौन शोषणमा गरेको घटना सार्वजनिक भएसँगै तत्काल कारबाही गर्न सडकदेखि संसदसम्म आवाज उठेको थियो।

त्यसलगत्तै सरकारले घटनाको अनुसन्धान गर्नका लागि एसएसपी वसन्त कुँवरको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान समिति बनाएको थियो। समितिले शुक्रबार देखि नै अनुसन्धान गरिरहेको छ।

शनिबार पक्राउ परेका पाण्डेलाई प्रहरी बृत्त नयाँ बानेश्वरको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

पाण्डेले बन्धक बनाएको, नसालु पदार्थ खुवाएको र यौन शोषण गरेको किशोरीले लगाएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .