ad ad

समाज


ओखलढुंगामा राति घरमै सुतेकी किशोरी बिहान दुई किमि टाढा बेहोस भेटिइन्, बलात्कारको आशंका

उपचारका लागि हेलिकप्टरबाट काठमाडौंमा
ओखलढुंगामा राति घरमै सुतेकी किशोरी बिहान दुई किमि टाढा बेहोस भेटिइन्, बलात्कारको आशंका

नेपालखबर
जेठ ८, २०७९ आइतबार १८:२१, काठमाडौँ

ओखलढुंगामा एक किशोरी अचेत अवस्थामा सडकमा फेला परेकी छन्। शनिबार राति आमाबुबासँगै घरमा सुतेकी १७ वर्षीया किशोरी बिहान बाटो अचेत फेला परेकी हुन्। 

उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ। अहिले उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। 

मानेभन्ज्याङ गाउँपालिका-५ को भिमिलेमा उनी घरभन्दा करिब २ किलोमिटर टाढा बाटैमा फेला परेकी थिइन्। उनको टाउकोमा चोट लागेको छ। 

उनीमाथि बलात्कार भएको आशंका गरिएको छ। जिल्ला अस्पताल ओखलढुंगाका चिकित्सकले बलात्कारसँग मिल्दा जुल्दा घाउ देखिएको बताएका छन्। 

तर रिपोर्ट आइनसकेकाले अहिले नै बलात्कार भयो भन्न नसकिने ओखलढुंगाका प्रहरी प्रमुख डीएसपी सुकदेव खनालले बताए। 

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले त्यही गाउँका ३० वर्षीय पुरुषलाई पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगा लगिँदैछ।  

सँगै सुतेकी छोरी बेपत्ता भएकोबारे आमाबाबुले भने केही जानकारी नभएको बताएका छन्। 

‘उहाँहरुले थाहै पाएनौं भन्नु भएको छ। एक जनालाई पक्राउ गरेका छौं। अरु पनि अनुसन्धान हुँदैछ’, डीएसपी खनालले भने।

ओखलढुंगास्थित नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले ती किशोरीमाथि बलात्कार गरी फालिएको अवस्थामा भेटिएको बताएका छन्। 

'किशोरीलाई अज्ञात समूहले बलात्कार  गरि अचेत अवस्थामा जङ्गलमा फालेको भेटिएको छ। ओखलढुंगा  मिसन अस्पतालमा उपचार सम्भव नभएकोले  काठमाडौं ल्याइँदैछ', उनले भनेका छन्, 'दोषी पत्ता लगाएर यथाशीघ्र  कारबाही माग गर्दछु।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .