रुकुम पश्चिममा नेपाली कांग्रेसका कार्यकर्ता मृत फेला परेका छन्।
सानीभेरी गाउँपालिका वडा नं ७ का उपसभापति समेत रहेका धर्म खत्री मृत फेला परेको रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।
उनी जंगलमा मृत भेटिएपछि प्रहरीले कुकुरसहितको टोली लगेर अनुसन्धान गरेको छ। शव पोस्टमार्टमपछि परिवारलाई बुझाएको र थप अनुसन्धान गरिरहेको श्रेष्ठले बताए।
जेठ ५, २०७९, बिहीबार
प्रतिक्रिया