ad ad

समाज


आधुनिक पेस्तोलसहित एक जना पक्राउ

आधुनिक पेस्तोलसहित एक जना पक्राउ

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १६:५६, काठमाडौँ

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित कोशी ब्यारेजबाट सशस्त्र प्रहरीले १ थान आधुनिक पेस्तोल सहित १ जनालाई पक्राउ गरेको छ।

बिहीबार दिउँसो नम्बर ६ गण, सप्तरी र भारदह स्थित सुरक्षा बेशले सोही नगरपालिका वडा नं. १ बस्ने वर्ष २४ को रन्जित मण्डललाई ब्राउनिङ पेस्तोल १ थान र सोको  ६ राउन्ड  गोलीसहित नियन्त्रणमा लिएको हो।

मण्डललाई आवश्यक कारबाहीका लागि आजै जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको सशस्त्रले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .