ad ad

समाज


पत्रकार उमाकान्त पाण्डे रिहा

पत्रकार उमाकान्त पाण्डे रिहा

नेपालखबर
बैशाख ३०, २०७९ शुक्रबार ७:३२, काठमाडौँ

८७ दिनको अबुधावीस्थित केन्द्रीय कारागारको बसाइँपछि युएईमा रहेका पत्रकार उमाकान्त पाण्डे रिहा भएका छन्। 

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले पत्रकार पाण्डे आजै रिहा भएका जानकारी दिए।

युएईस्थित नेपाली दूतावासका बारेमा फेसबुकमा टिप्पणी गरेको आरोपमा पाण्डेविरुद्ध नेपाली दूतावासले नै युएई प्रहरीमा उजुरी गरेको थियो। 

पाण्डेको रिहाइका लागि नेपाल पत्रकार महासंघले नेपाल सरकारका विभिन्न निकाय र प्रेस तथा अभिव्यक्ति स्वतन्ताको पक्षमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग पहल गरेको थियो। 

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर लाग्ने अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे), आरएसएफ, युएई पत्रकार संघ, आइएफजे मिडिलिष्टलगायतले पत्रकार पाण्डेको रिहाइका लागि सहयोग गरेका पुरीले बताए। 

महासंघले युएई प्रहरीमा दूतावासले गरेको उजुरी, पाण्डेका विषयमा अदालतको फैसला, अदालतलाई नेपाली दूतावासको तर्फबाट लेखिएको पत्रलगायतका महत्वपूर्ण कागजात प्राप्त गरेपछि नेपाल सरकारलाई दबाब परेको थियो। 

‘कागजात महासंघलाई उपलब्ध गराउने विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाप्रति धन्यवाद,’ पुरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘घटनामा संलग्न दूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीलाई तत्काल कारबाही गरिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .