ad ad

समाज


काभ्रेमा आजदेखि चार दिनसम्म राति टिपर चलाउन नपाइने

काभ्रेमा आजदेखि चार दिनसम्म राति टिपर चलाउन नपाइने

फाइल तस्बिर


नेपालखबर
बैशाख २९, २०७९ बिहिबार ८:२८, काठमाडौँ

शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन काभ्रेमा चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई ध्यानमा राखेर आज बिहान ६ बजेदेखि आगामी जेठ १ गते राति १२ बजेसम्मका लागि रातिको समयमा टिपर बन्द गर्ने निर्णय गरेको हो।

काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष शान्तिपूर्ण, सुरक्षित र भयरहित बातावरणमा सम्पन्न गर्न यस्तो निर्णय गरिएको बताए।

निर्वाचन आयोगको निर्णयानुसार मतदानका दिन जिल्लाभर अत्यावश्यक सेवाबाहेकका अन्य सबै प्रकारका सवारीसाधन बन्द गरिने गरिएको छ।

स्थानीय प्रशासनले वैशाख २६ गतेदेखि  ३१ गतेसम्मका लागि मदिरा बिक्री वितरणमामिेत रोक लगाइसकेको छ। तोकिएको समयसम्म जिल्लाभर मादक पदार्थ बिक्री वितरण र उपभोगलाई पूर्णरूपमा निषेध गरिएको हो। 

काभ्रेमा १३ वटा स्थानीय तहका १८९ मतदानस्थल ३८१ वटा मतदान केन्द्रबाट मतदाताले मतदान गर्दैछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .