समाज


झाडापखालाबाट दाङमा एक बालकको मृत्यु, चारजना बिरामी

झाडापखालाबाट दाङमा एक बालकको मृत्यु, चारजना बिरामी

नेपालखबर
बैशाख २८ , काठमाडौँ

झाडापखालाबाट दाङको तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन्।

तुलसीपुर उपमहानगरपालिका–११ उरहरि निवासी तिलक पुनका साढे दुई वर्षका छोरा अनमोल पुनको समयमै उपचार नहुँदा मृत्यु भएको हो। झाडापखालाले अवस्था गम्भीर बनेपछि उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

अस्पतालका इमर्जेन्सी इन्चार्ज धनबहादुर केसीका अनुसार समयमै उपचार नपाउँदा अनमोलको मृत्यु भएको हो।

झापापखालाबाट ५० वर्षीय वुद्धिराम पुन, ४० वर्षीया गौरी पुन, ५८ वर्षीया कलसिङ पुन र मीना पुन बिरामी भएका छन्। उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इमर्जेन्सी इन्चार्ज केसीले जानकारी दिए। चार बिरामीमध्ये बुद्धिरामको अवस्था गम्भीर रहेको छ।

बिरामीमा झाडापखाला लाग्ने, बान्ता हुने लक्षण देखापरेको चिकित्सकहरुले बताएका छन्। बिरामी सबै एकाघरका भएको इन्चार्ज केसीले जानकारी दिए। 

सकै बिरामी उपचारका लागि ढिला गरी मात्र अस्पताल पुगेका छन्। गर्मीयाम सुरु भएयता अस्पतालमा झाडापखालाका बिरामी उपचारका लागि आउने क्रम बढेको छ। रासस

बैशाख २८, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad