ad ad

समाज


नेपालको मौसममा ‘असानी’ चक्रवातको प्रभाव

नेपालको मौसममा ‘असानी’ चक्रवातको प्रभाव

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख २७, २०७९ मंगलबार ६:५७, काठमाडौँ

नेपालको मौसममा दक्षिण बंगालको खाडीमा विकसित चक्रवात ‘असानी’ को अप्रत्यक्ष प्रभाव पर्न सुरु भएको मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) बिहान जनाएको छ। 

मौसमविद् बासीका अनुसार अहिले उक्त चक्रवातको प्रत्यक्ष प्रभाव परिनसकेको भए पनि जलवाष्पयुक्त हावा प्रवेश गर्न थालेको जानकारी दिइन्। ‘अहिले धेरै प्रभाव त परिसकेको छैन, तर यो विस्तारै बढ्दै जाने सम्भावना छ,’ मंगलबार बिहान नेपालखबरसँग उनले भनिन्। 

यसका साथै स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गालसम्म बनेको न्यून चापीय प्रणालीका, पश्चिमी वायुको संयुक्त प्रभाव पनि देशको मौसममा परिरहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ। 

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। यस क्रममा सुदूरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशको केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। 

यस्तै राती प्रदेश १ तथा मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  रहनेछ। यस क्रममा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका  थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा  मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छः सुदूरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ। 

महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिन
वैशाख २७ गते मंगलबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशको केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राती : प्रदेश १ तथा मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

वैशाख २८ गते बुधबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राती स् देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

वैशाख २९ गते बिहीबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कर्णाली र सूदुरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना छ। साथै तराईका भूभागमा हावाहुरीको सम्भावना पनि रहेको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .