शिक्षक सेवा आयोगले लिएको निम्न माध्यमिक तह शिक्षक पदपूर्तिका लागि लिएको सामान्य परीक्षामा २७ दशमलव २८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।
आयोगले चैत १७ गते सञ्चालन गरेको निमावि तहको प्रथम पत्रको परीक्षामा २० हजार ९२ जना उत्तीर्ण भएका हुन्।
आयोगले निमावि तहमा २ हजार ५९ शिक्षक पदपूर्तिका लागि खुलाएको विज्ञापनमा ८८ हजार ५१९ जनाले फाराम भरेका थिए। तीमध्ये ७६ हजार ९०६ जना परीक्षामा सहभागी भएका थिए।
परीक्षामा सहभागीमध्ये २७ दशमलव २ प्रतिशत उत्तीर्ण भएको आयोगले जनाएको छ। आयोगले सामान्यतर्फको परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीका लागि असार ११ गते विषयगत परीक्षा सञ्चालन गर्ने भएको छ।
आयोगले प्रदेश १ का लागि मोरङ, मधेश प्रदेशका लागि धनुषा, बागमती प्रदेशका लागि मकवानपुर, गण्डकी प्रदेशका लागि कास्की, लुम्बिनी प्रदेशका लागि रुपन्देही, कर्णाली प्रदेशका लागि सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि कैलालीमा परीक्षा केन्द्र तोकिने जनाएको छ।
आयोगको निमाविको परीक्षामा सात वटा प्रदेशमध्ये सबैभन्दा धेरै बागमती प्रदेशबाट र सबैभन्दा कम मधेश प्रदेशबाट उत्तीर्ण भएका छन्।
आयोगले प्रदेश १ मा १९ हजार २० परीक्षार्थीमध्ये ५ हजार १८२ जना, मधेसमा पाँच हजार ५३ मध्ये एक हजार ११ जना, बागमतीमा ११ हजार ५२६ सहभागीमध्ये ३ हजार ५७७ जना, गण्डकीमा १४ हजार २०६ जनामध्ये ४ हजार ३४१ जना उत्तीर्ण भएका छन्।
यस्तै लुम्बिनीमा ११ हजार ८४४ मध्ये ३ हजार ३६१ जना, कर्णालीमा ४ हजार ७८ मध्ये १ हजार ६९ जना र सुदूरपश्चिममा ९ हजार ६६९ मध्ये २ हजार ४४१ जना उत्तीर्ण भएका छन्।
नतिजामा चित्त नबुझे पुनर्योग गर्न चाहनेले जेठ ३ गतेसम्म कार्यालय समयभित्र आयोगले तोकेको कागजातसहित निवेदन दिन सक्ने जनाएको छ।
Shares
प्रतिक्रिया