ad ad

समाज


जसको विवाहमा सहभागी हुन राहुल गान्धी काठमाडौं आए, को हुन् उनी?

जसको विवाहमा सहभागी हुन राहुल गान्धी काठमाडौं आए, को हुन् उनी?

फाइल तस्बिर : सुम्निमा उदास


नेपालखबर
बैशाख २०, २०७९ मंगलबार १८:६, काठमाडौँ

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी एक महिला साथीको विवाहमा सहभागी हुन नेपाल आएका छन्। यस क्रममा उनी सोमबार मध्यराति काठमाडौंको ठमेलस्थित एक नाइट क्लबमा छिरे। जहाँको भिडिओ भारतमा निकै भाइरल बनाइएको छ र प्रश्न उठाइएको छ। 

भिडिओ सार्वजनिक भएपछि भारतीय जनता पार्टी (भाजपा) ले भारतीय कांग्रेसको खेदो खनिरहेको छ। यस विषयमा भारतीय कांग्रेसले वक्तव्य जारी गरी प्रतिवाद गरेको छ।

यो पनिराहुल गान्धी ठमेलको नाइट क्लब छिरेको भाइरल भिडिओबारे भारतीय कांग्रेसको स्पष्टीकरण

राहुल गान्धी आफ्नी नेपाली महिला साथीको विवाहमा सहभागी हुन नेपाल आएको बताइएको छ। यस्तो अवस्थामा सबैको मनमा प्रश्न उठ्छ– को हुन् ती नेपाली युवती? जसको विवाहमा सहभागी हुन भारतीय कांग्रेसका नेताहरू काठमाडौं आएका छन्।

आउनुहोस् जानौं राहुल गान्धीकी ती महिला साथीको बारेमा–

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी नेपालमा आफ्नी साथी सुम्निमा उदासको विवाहमा सहभागी हुन काठमाडौं आएका हुन्। सुम्निमाका बुबा भीम उदासले भने राहुल गान्धीलाई छोरीको विवाहमा सहभागी हुन निम्तो दिएको बताएका छन्। भीम उदास म्यानमारका लागि नेपाली राजदूत हुन्। उनकी छोरी सुम्निमा सीएनएनका पूर्व संवाददाता हुन्।

राहुल गान्धीकी महिला मित्र सुम्निमा उदासले निमा मार्टिन शेर्पासँग विवाह गर्दै छिन्। उनले अमेरिकाको ली युनिभर्सिटीबाट पत्रकारिता विषय अध्ययन गरेकी छन्। यसबाहेक उनले अक्सफोर्ड विश्वविद्यालयबाट स्नातकोत्तर पनि गरेकी छन्। पत्रकारको रुपमा काम गरिसकेकी छिन्। उनले दिल्लीको निर्भया सामूहिक बलात्कार काण्ड पनि कभर गरेकी थिइन्। प्राप्त जानकारीअनुसार सन् २०१४ मा सुम्निमा उदासले अमेरिकन जर्नलिस्ट अफ द इयर अवार्ड पनि जितेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .