भक्तपुरमा दुई जनाले पर्खालबाट हाम फालेका छन्।
बुधबार राति भक्तपुरको कमेरेटारमा मोरङको सुन्दर हरैचा नगरपालिका ९ विरोटचोककी ७४ वर्षीया मनमाया तिमिल्सिना र उनका छोरा ४९ वर्षीय मातुराम तिमिल्सिनाले डेरा नजिकै रहेको पर्खालबाट हाम फालेका हुन्।
भक्तपुर प्रहरीका अनुसार मनमायाको घटनास्थलमै मृत्यु भएको छ।
मातुरामको वीर अस्पतालमा उपचार भइरहेको छ। राति साढे १० बजेतिर उनीहरुले घर नजिकै रहेको ५० मिटर माथिबाट हामफालेका हुन्।
आमा छोरा नै डिप्रेसनको बिरामी रहेको प्रहरीले जनाएको छ।
270
Shares
प्रतिक्रिया