समाज


निलम्बित गभर्नरको रिट न्यायाधीश फुयालको इजलासमा

निलम्बित गभर्नरको रिट न्यायाधीश फुयालको इजलासमा

नेपालखबर
बैशाख ६, २०७९ मंगलबार ११:४७, काठमाडौँ

सरकारले निलम्बन गरेका गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि मंगलबार सुनुवाइ हुने भएको छ।

रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेशी तोकिएको हो।

पदमुक्त गर्नका लागि आफूविरुद्ध जाँचबुझ समिति बनाएको भन्दै अधिकारी सर्वोच्च पुगेका हुन्। 

गत चैत २४ मा मन्त्रिपरिषद्ले गभर्नरलाई निलम्बन गर्दै सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भणडारीको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेको छ।

हाल उनी स्वतः निलम्बनमा छन्। गभर्नर अधिकारीले जाँचबुझ समितिलाई कामकाज गर्न रोक लगाउन र आफूलाई नियमित काममा फर्काउन अन्तरिम आदेशको समेत माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad