ad ad

समाज


राहुल गान्धीले योग दिवसमा सार्वजनिक गरेको फोटोले भारतमा विवाद

राहुल गान्धीले योग दिवसमा सार्वजनिक गरेको फोटोले भारतमा विवाद

एजेन्सी
असार ७, २०७६ शनिबार ७:२४,

अन्तर्राष्ट्रिय योग दिवसमा भारतीय राष्ट्रिय काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीेले एक फोटो ट्वीटरमा सार्वजनिक गरेका थिए।

त्यसले यतिबेला भारतमा विवाद निम्ताएको छ। मानिसहरु यसमा बहस गरिरहेका छन्। गान्धीले शुक्रबार विहानै दुईवटा तस्बिर सार्वजनिक गरेका थिए।

जसमा सेनाका जवानहरु कुकुरसँग योग गरिरहेको देखिन्छ। गान्धीेले फोटो पोस्टगर्दै ट्वीटमा ‘न्यु इन्डिया’ नयाँ भारत भनेर लेखेका छन्।

यससँगै मानिसहरुले यसमा प्रतिक्रिया तीव्र रुपमा जनाइरहेका छन्। हालसम्म ७ हजारभन्दा बढी यस ट्वीट रिट्वीट भएका छन्।

Image result for rahul gandhi

 मानिसहरु यस ट्वीट देखेर यसको अर्थ पत्ता लगाउन सकिरहेका छैनन्। आखिर गान्धी के भन्न चाहन्छन्? केहीले गान्धीको ट्वीट ‘भद्दा’ र ‘जरुरी नभएको’ बताएका छन्।

केहीले उक्त ट्वीट भारतीय सेनाको अपमान भएको बताएका छन्।

भारतीय जनता पार्टीका अध्यक्ष तथा गृहमन्त्री अमित शाहले काँग्रेस पार्टीले नकारात्कतालाई बढावा दिएको बताउँदै ट्वीटमा भन्छन्,‘काँग्रेसको मतलब नै नकारात्मकता हो। पहिले तीन तलाक जस्तो कुरितीलाई समर्थन गरेर काँग्रेसले आफ्नो नकारात्मकता स्पष्ट देखाएको थियो। अहिले योग दिवसलाई मजाक बनाएर हाम्रो सेनाको अपमान गरेको छ। आशा गरौं काँग्रेसमा सकारात्मकताको भावना आउनेछ।’

आदित्य मेननले भने गान्धीको ट्वीट नबुझेको बताउँदै प्रश्न गर्छन्,‘के भन्न खोजेको हो सर?’

आरती टिक्कु सिंह भन्छन्,‘यो तस्बीर राम्रो छ तर ट्वीट भद्दा छ। अद्भुत जनवार, बहादुर भारतीय सैनिक तर तुच्छ कमेन्ट।’

अमृता भिन्डर भन्छन्,‘तपाइँ सँधै गल्ती गर्नुहन्छ जसले तपाइँ मजाकको पात्र बनिरहनु भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .