ad ad

समाज


काठमाडौंमा दुइटा गाडीको बीचमा च्यापिएर चालकको मृत्यु

काठमाडौंमा दुइटा गाडीको बीचमा च्यापिएर चालकको मृत्यु

नेपालखबर
माघ १३, २०७८ बिहिबार १२:३, काठमाडौँ

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र दुईवटा ग्याँस बोक्ने बुलेटको बीचमा च्यापिएर एक जनाको मृत्यु भएको छ। 

एनएल ०२ क्यू ३७२९ नम्बर बुलेटका चालक भारत कोलकत्ताका ४५ वर्षीय दिलीप राजवंशीको बिहीबार बिहान मृत्यु भएको हो।

औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्याँस कम्पनीको अगाडि ग्याँस अनलोड गरी पार्किङ गरी राखेको एनएल ०२ क्यू ३७२० नम्बर र एनएल ०२ क्यू ३७२९ नम्बरको बुलेटमा च्यापिएर राजवंशी गम्भीर घाइते भएका थिए।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएकामा उपचारका क्रममा मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

एनएल ०२ क्यू ३७२० नम्बरको गाडीका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .