ad ad

समाज


भेरी अस्पतालमा २ संक्रमितको मृत्यु

भेरी अस्पतालमा २ संक्रमितको मृत्यु

फाइल तस्बिर


नेपालखबर
माघ १३, २०७८ बिहिबार ७:४२, काठमाडौँ

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाको अवधिमा दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। 

अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय किशोरको पनि मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

मधुवन नगरपालिका ६ निवासी ७१ वर्षीय पुरुषको उपचारका क्रममा मङ्गलवार राती १०ः३० बजे मृत्यु भएको थियो । भेरी अस्पतालमा यही माघ १० गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएपछि सोही दिन भर्ना गरिएको थियो। 

यस्तै कालिकोट शुभकालिका ५ निवासी १६ वर्षीय बालकको पनि भेरी अस्पतालमा बुधबार मृत्यु भएको छ। 

यही माघ ४ गते पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभपछि भोलीपल्ट भेरी अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा मृत्यु भएको जिल्ला कोभिड ब्यवस्थापन केन्द्रले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .