ad ad

समाज


२२ वर्षीय युवक सात दिनदेखि बेपत्ता

२२ वर्षीय युवक सात दिनदेखि बेपत्ता

नेपालखबर
माघ १२, २०७८ बुधबार ९:५४, काठमाडौँ

इलामका एक युवा सात दिनदेखि बेपत्ता भएका छन्। माइजोगमाई गाउँपालिका–५ सोयाङका २२ वर्षीय पुजन बस्नेत सात दिनदेखि सम्पर्कविहीन भएका हुन्।

विदेश जाने तयारीमा रहेका बस्नेत भारतबाट सम्पर्कविहीन भएका परिवारका सदस्यले जानकारी दिएका छन्। 

पारिवारिक स्रोतका अनुसार विराट ओभरसिजमार्फत क्रोएसिया जाने तयारीमा रहेका बस्नेत एक महिना पहिला काठमाडौँ गएका थिए। क्रोएसियाका लागि भारतको पहाडगञ्ज भन्ने ठाउँमा यातायात छाप लगाउन भन्दै बस्नेतसहित केही युवा एजेन्टमार्फत भारत गएका थिए।

ती युवालाई विदेश लैजाने एजेन्ट एकराज शेर्माका सहयोगी कल्याण राईसँगै यही माघ ५ गते भारत गएका बस्नेत त्यसयता सम्पर्कमा नरहेका पारिवारिक स्रोतले जनाएको छ। 

भारतबाट उनी सम्पर्कबिहीन भएका भाइ पुकार बस्नेतले जानकारी दिए। उनका अनुसार बास बस्नका लागि होटल बुक गरेर बस्नेतलाई होटलमै छाडेर सँगै गएका पोखराका आशिष रानाभाटसहितको टिम फर्किएर आउँदा बस्नेत होटलमा भेटिएका थिएनन्। 

बस्नेतसँग रानाभाटसहित मोरङका मनप्रसाद योङहाङ, मनबहादुर योङहाङ र कल्याण राईसहित थिए। 

परिवारका सदस्य बेपत्ता भएपछि बस्नेत परिवारमा चिन्ता छाएको छ। बस्नेत परिवारले घटनाका बारेमा थप बुझीदिन र सम्पर्कविहीन व्यक्तिको खोजी गरिदिन सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ।

बस्नेत होटलबाट एक्लै घुम्न जाँदा पुनः होटल नचिनेर सम्पर्कविहीन भएको वा अन्य केही भएको भन्नेबारे अन्योल छ। बस्नेत परिवारले म्यानपावरसँग समेत खोजी गरिदिन आग्रह गरेको छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .