ad ad

समाज


भ्यानमा अपहरण गरेर रातभर सामूहिक बलात्कार प्रकरण : थप एक आरोपी पक्राउ

भ्यानमा अपहरण गरेर रातभर सामूहिक बलात्कार प्रकरण : थप एक आरोपी पक्राउ

नेपालखबर
माघ १२, २०७८ बुधबार ५:५३, काठमाडौँ

यही माघ ७ गते राति मोरङको सुन्दरहरैंचा नगरपालिका ४ बलियामा एक महिलामाथि भएको सामूहिक बलात्कार घटनामा संलग्न थप एक आरोपी पक्राउ परेका छन्।

सुन्दरहरैंचा ४ घर भई मोरङको बेलबारीमा बस्दै आएका २७ वर्षीय मनोज श्रेष्ठलाई उनकै घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मन्जिल मुकारुङले जानकारी दिए।

बलात्कारमा संलग्न मनोजका दाइ ३६ वर्षीय अर्जुन भन्ने हिमबहादुर श्रेष्ठ र उनका भाइ सुरज श्रेष्ठलाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो। अर्जुन  बलात्कार भएको श्रेष्ठ होटल एन्ड फेमिली लज सञ्चालक हुन्।

सामूहिक बलात्कार घटनाका अर्का फरार आरोपी झापा घर भएका रामबहादुर नेपालीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पीडित महिलाकी बहिनीले दिएको किटानी जोहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको डीएसपी मुकारुङले जानकारी दिए। पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

सुनसरीको इटहरीबाट गछियास्थित बहिनीको घर जाने क्रममा गएको शुक्रबार ३० वर्षीया महिला अपहरणमा परेकी थिइन्। अपहरणकालीले उनलाई होटलमा पुर्याएर सामूहिक बलात्कार गरेका थिए। 

अपहरणमा प्रयोग भएको  प्रदेश२–०१–००१च २२७ नम्बरको सुजुकी भ्यानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। 

यो पनि

भ्यानमा अपहरण गरेर रातभर सामूहिक बलात्कार, पीडितको अवस्था गम्भीर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .