ad ad

समाज


खाडी र मलेसियामा यस्ता व्यक्तिलाई मात्रै भिजिट भिसा दिइने

खाडी र मलेसियामा यस्ता व्यक्तिलाई मात्रै भिजिट भिसा दिइने

नेपालखबर
माघ ९, २०७८ आइतबार १८:३९, काठमाडौँ

सरकारले सोमबारदेखि खाडीका देश र मलेसियामा भिजिट भिसामा जान रोक लगाएको छ। तर केही मापदण्ड अनुसारका यात्रुलाई भने नरोकिने भएको छ। 

गृह मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधि, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तिय संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका प्रतिनिधि संस्थाको कामले जाँदा नरोकिने भएको छ। 

यस्तै, नेपालमा सामान आयात र निर्यात गर्ने व्यवसायिक संस्थाका प्रतिनिधि, व्यवसायिक कम्पनी तथा फर्मका सञ्चालक, यसअघि खाडी राष्ट्र बाहेक २ देशका भ्रमण गरिसकेका यात्रु पनि नरोकिने भएका छन्। 

यस्तै, वार्षिक न्यूनतम ६ लाख रुपैयाँ करयोग्य आय भई कम्तिमा त्यसको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आवद्धता भएका व्यक्तिहरु, म्यानपावर व्यवसायीहरु र तीन पुस्ता भित्रका बिरामी कुरुवा नेपाली दूतावासको सिफारिसका आधारमा जान दिने सरकारको निर्णय रहेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोख्रेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .