सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।
उपचारको क्रममा शुक्रबार दुईजना कोरोना संक्रमितको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। मृत्यु हुने दुबै सिरहाका हुन्।
सिरहाका ८० वर्षीय पुरुष र ६६ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए।
मृतक दुबै दीर्घरोगी रहेका उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
15
Shares
प्रतिक्रिया