समाज


भरतपुर अस्पतालमा कुरुवालाई पास अनिवार्य

भरतपुर अस्पतालमा कुरुवालाई पास अनिवार्य

नेपालखबर
माघ ८ , चितवन

कोरोना सङ्क्रमण बढेसँगै भरतपुर अस्पतालमा बिरामीका कुरुवालाई पास अनिवार्य गरिएको छ। एक बिरामीसँग एक जना मात्रै हुने गरी पास अनिवार्य गरिएको हो। 

अस्पतालले यसअघि पनि पासको व्यवस्था गरेको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन। एक बिरामीका लागि धेरै कुरुवा र भेट्ने मानिसको भिड लाग्ने भएपछि सङ्क्रमण फैलिनसक्ने भन्दै पासलाई कडाइ गरिएको हो। 

अस्पताल प्रशासनले शुक्रबार सूचना जारी गर्दै एक बिरामीका लागि एक मात्रै कुरुवा राख्नुपर्ने साविकको नियम पालना गर्न पासको व्यवस्था गरिएको जनाएको छ। बिना पासका व्यक्तिलाई अस्पतालको अन्तरङ्ग विभागमा प्रवेश गर्न रोक लगाइएको छ। 

यस्तै बिरामीका कुरुवाले पनि जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न अस्पतालले आग्रह गरेको छ।

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिडबाट सङ्क्रमित भइरहेको जनाउँदै अस्पताल प्रशासनले अस्पतालको सेवा प्रवाहमा समेत कठिनाइ भएको जनाएको छ।

पछि उपचार गरेर हुने बिरामीलाई उपचार समय पछाडि सार्नसमेत आग्रह गरिएको छ। रासस

माघ ८, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .
ad ad