ad ad

समाज


सप्तरीमा ९ लाख ९० हजार रुपैयाँसहित २ जना पक्राउ

सप्तरीमा ९ लाख ९० हजार रुपैयाँसहित २ जना पक्राउ

फाइल तस्बिर


नेपालखबर
माघ ८, २०७८ शनिबार ७:२४, सप्तरी

सप्तरी जिल्ला प्रहरी कार्यालयले स्रोत नखुलेको ९ लाख ९० हजार  रुपैयाँसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ बस्ने २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका–१२ बस्ने २४ वर्षीय दिलिपकुमार मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। 

राजविराज नगरपालिका–५ मा प्रदेश नं २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकल जाँच गर्दा रकमसहित चौधरी र मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुवै जनालाई उक्त रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय (सुनसरी) पठाइएको काफ्लेले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .