भक्तपुर नगरपालिका- २ व्यासीमा एक किशोरीको शव फेला परेको छ।
स्थानीय कृष्णप्रसाद कोजुकी १६ वर्षीया छोरी जेशिका कोजुको अव आफ्नै घरको कोठामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
शुक्रबार दिउँसो किशोरीलाई कोठामा झुण्डिएको अवस्थामा फेला पारिएको परिसरका प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए। किशोरीले आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ।
किशोरी मृत्युको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिए।
18
Shares
प्रतिक्रिया