ad ad

समाज


पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
माघ ७, २०७८ शुक्रबार ८:३, काठमाडौँ

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।

आज (शुक्रबार) बिहान २ः३० बजे चितवनको इच्छा कामना गाउँपालिका–६ कालीखोलामा  सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सडक अवरुद्ध हुँदा अहिले त्यस क्षेत्रमा सबारी साधनको लामो लाइन लागेको छ।

पहिरो ठूलो भएकाले पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ। पहिरो पन्छाउन कम्तिमा पनि तीन घण्टा लाग्ने एक प्रहरीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .