ad ad

समाज


नक्कली नोटसहित एक युवक र एक युवती पक्राउ

नक्कली नोटसहित एक युवक र एक युवती पक्राउ

नेपालखबर
माघ ७, २०७८ शुक्रबार ७:३४, काठमाडौँ

चितवन प्रहरीले नक्कली नेपाली नोटको कारोबारमा संलग्न एक युवक र एक युवतीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवनको खैरहनी नगरपालिका–३ घर भई हाल भरतपुर महानगरपालिका–३ बेलचोकमा डेरा गरी बस्ने २५ वर्षीय पबिता घतानी र राप्ती नगरपालिका–७ बस्ने २७ वर्षीय गगन लाल तामाङ छन्।

नारायणगढ बेलचोकमा रहेको एक फेन्सी पसलमा कपडा खरिद गर्न गएकी पबिताले कपडा खरिद गरेपछि दिएको नोट नक्कली भएको पाइएपछि पसलेले प्रहरीलाई खबर गरेका थिए। 

प्रहरीले उनलाई तुरुन्तै पक्राउ गरेको थियो। पबिता पक्राउ परेपछि तामाङ पक्राउ परेका हुन्। पबिताको साथबाट नक्कली नेपाली नोट एक हजार रुपैयाँका १० थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। 

प्रहरीले तामाङको साथबाट एचपी कम्पनीको ल्यापटप एक थान र सौर्य दैनिकको एउटा प्रेस कार्ड बरामद गरेको छ। तामाङलाई सौराहाको एक होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नक्कली नेपाली नोट छाप्ने काममा भने अरू नै संलग्न रहेको र उनीहरू फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .