ad ad

समाज


शिक्षामन्त्री पौडेल भन्छन् : विद्यार्थीको पक्षमा उभिँदा पद जान्छ भने जाओस्

मेडिकल कलेजको मनोमानीमा कारबाही थाल्न गृहलाई शिक्षाको सिफारिस
शिक्षामन्त्री पौडेल भन्छन् : विद्यार्थीको पक्षमा उभिँदा पद जान्छ भने जाओस्

नेपालखबर
माघ ६, २०७८ बिहिबार २१:४४, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्ययनरत एमबीबीएस विद्यार्थी बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई सिफारिस गरिएको बताएका छन्। 

संयुक्त विद्यार्थी संगठनका नेताहरुलाई मन्त्रालयमा बोलाएर चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्क भन्दा बढी लिने मेडिकल कलेज सञ्चालकलाई कारबाही गर्न गृहमन्त्रीलाई सिफारिस गरिएको उनले बताए। 

‘मन्त्री पद गौण हो, म विद्यार्थीको पक्षमा छु’ मन्त्री पौडेलले भने, ‘विद्यार्थीको पक्षमा उभिँदा पद गए पनि केही फरक पर्दैन।’

संयुक्त विद्यार्थी संगठनसँगको छलफल चलिरहेकै बेला गृहमन्त्रीलाई फोन गरेर मन्त्री पौडेलले भने, ‘म विद्यार्थीको पक्षमा छु। राज्य निरीह भयो भन्ने छ भोलि नै कदम चाल्नुहोस् ।’

२०७५ मा बनेको चिकित्सा शिक्षा ऐनले विद्यार्थी ठगी गर्ने कलेजलाई कारबाही गर्ने अधिकार गृहमन्त्रालयलाई दिएको बताउँदै उनले विद्यार्थीले दिएका प्रमाण गृहमन्त्रालयमा पठाइसकेको जानकारी दिए।

पुस ३० गते शिक्षा मन्त्री पौडेलको अध्यक्षमा बसेको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस कार्यक्रमका लागि चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्कभन्दा बढी लिन नपाइने निर्णय गरेको थियो । 

यस्तै, छात्रावाससम्बन्धी समस्यालाई सम्बन्धित शिक्षण संस्थाले तथा अभिभावक एवम् विद्यार्थीबीच आपसी छलफल गरी सहमतिमा निरूपण गर्ने निर्णय बैठकमा भएको थियो।

यसको सहजीकरण विश्वविद्यालयले गर्ने तोकिएको थियो। ऐन कार्यान्वयनका असहजता निरुपणका लागि सम्बन्धित निकाय, विज्ञ तथा अन्य सरोकारका पक्षसँग छलफल गरी संशोधनका लागि राय परामर्श उपलब्ध गराउने निर्णय भए पनि कार्यान्वयन नभएपछि शिक्षाले कारबाहीका लागि गृहलाई सिफारिस गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .