ad ad

समाज


शुक्रबार रातिदेखि उपत्यकाका यी क्षेत्र बन्द गर्न प्रशासनको आदेश (आदेशसहित)

शुक्रबार रातिदेखि उपत्यकाका यी क्षेत्र बन्द गर्न प्रशासनको आदेश (आदेशसहित)

नेपालखबर
माघ ६, २०७८ बिहिबार २१:१५, काठमाडौँ

कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि सरकारले उपत्यकामा थप कडाइ गर्ने निर्णय भएको छ।

उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बिहीबार बसेको बैठकले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी नयाँ आदेश जारी गरेका हुन्। 

उक्त आदेश अनुसार शुक्रबार रातिबाट विभिन्न क्षेत्र अर्को सूचना नभएसम्मका लागि बन्द गर्ने निर्णय भएको छ।

प्रशासनको आदेश अनुसार आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनो, क्लब, हेल्थ क्लब, जीमखाना, रंगशाला, संग्रहालय, पुस्तकालय, चिडियाखाना बन्द हुने भएका छन्। 

यस्तै, कभर्ड हल, स्वीमिङ पुल, फुटसल, जात्रा, महोत्सव, पटके हाटबजार र भिडभाड हुने अन्य कार्यक्रम नगर्न प्रशासनले आदेश जारी गरेको छ।

भौतिक उपस्थितिमा सञ्चालन हुने शैक्षिक संस्थाहरु, तालिम केन्द्र, कोचिङ सेन्टर, ट्युसन सेन्टर, कलेज, विद्यालय सञ्चालन नगर्न भनिएको छ। 

विश्व विद्यालय वा आयोगका पूर्वनिर्धारित विशिष्ट प्रकृतिका छनौट परीक्षा स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने भए पनि अन्य परीक्षा समेत सञ्चालन नगर्न प्रशासनको आदेशमा भनिएको छ।

यस्ताे छ प्रशासनको आदेश 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .