ad ad

समाज


नक्कली नोट बनाउन प्रयोग हुने कागजसहित दुई जना पक्राउ

नक्कली नोट बनाउन प्रयोग हुने कागजसहित दुई जना पक्राउ

नेपालखबर
माघ ३, २०७८ सोमबार २०:२८, काठमाडौँ

सशस्त्र प्रहरीले नक्कली नोट बनाउन प्रयोग हुने कागजातसहित दुई जनालाई पक्राउ गरेको छ।

महोत्तरीको जलेश्वर नगरपालिका ३ स्थित सीमा इलाकाबाट नक्कली नोट बनाउन प्रयोग हुने ३३ बण्डल कागजसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका १ का २३ वर्षीय असरक महोमद धोबी र जनकपुर उपमहानगरपालिका ६ का २६ वर्षीय मोहमद मुजाहिद रेजा छन्।

बा २१ च ६७६१ नम्बरको कारमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा एक हजारको ६ सय वटा, पाँच सयको १८ सय वटा र एक सयको ९ सय वटा कागज फेला पारिएको हो। 

पक्राउ परेका दुवैजनालाई थप कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .