ad ad

समाज


तनहुँ जिप दुर्घटना : मृतकको संख्या ६ पुग्यो

तनहुँ जिप दुर्घटना : मृतकको संख्या ६ पुग्यो

नेपालखबर
माघ १, २०७८ शनिबार ७:१९, काठमाडौँ

तनहुँमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। शुक्रबार साँझ बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित हटियामा ग १ ज ६५५५ नम्बरको जिप दुर्घटनामा परेको थियो। 

दुर्घटनामा चार जनाको घटनास्थलमै र दुई जनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।

दुर्घटनामा ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ७६ वर्षीया भीममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए। 

विममाया र सुकबहादुरको अस्पताल ल्याउँदै गर्दा बाटोमा र अन्य चार जनाको घटनास्थलमै मृत्यु भएको हो।

घुमाउरो सडकमा तीव्र गतिमा गुडाउँदा जिप पल्टिएको हुनसक्ने अनुमान प्रहरले गरेको छ। जिप सडकबाट एक सय मिटर तल पुगेको छ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई थप उपचारको लागि चितवन लगिएको छ। दुर्घटनापछि जिप चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .