समाज


प्रचण्डले दिए माघी पर्वको शुभकामना

प्रचण्डले दिए माघी पर्वको शुभकामना

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघे संक्रान्ति (माघी) पर्वको शुभकामना दिएका छन्। 

आज नेपालका थारु समुदायले माघी तथा मगर र अन्य समुदायले माघे संक्रान्ति (मकर संक्रान्ति) पर्व मनाउँदै छन्। 

माघे संक्रान्तिको अवसरमा प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धिका साथै सुस्वास्थ्य र दीर्घायूको कामना गरेका छन्। 

‘नेपाल भौगोलिक एवं सांस्कृतिक विविधताले भरिएको मुलुक हो। हाम्रो आफ्नो मौलिक परम्परा र संस्कृति अनुरुप एउटै पर्वलाई पनि भिन्नभिन्न भूगोल र समुदायमा मनाउने प्रचलन रहेको छ,’ प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ, ‘यसलाई नेपाली समाजमा सांस्कृतिक सहिष्णुताको राम्रो उदाहरणका रुपमा लिन सकिन्छ। यी चाडपर्वले नयाँ उमङ्ग र उत्साहका साथ एकआपसमा एकता र भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।’

नेपाली समाज, राष्ट्रिय एकता र अखण्डताको जग बलियो बनाउन पनि यस्ता सांस्कृतिक पर्वहरुले आधार स्तम्भको काम गर्ने भन्दै प्रचण्डले  विभिन्न समुदायका आफ्ना मौलिक पर्वहरु नेपाली समाजको एकताको प्रतिक भएकोसमेत बताएका छन्। सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराउने कार्य पनि यस्ता पर्वले गर्ने प्रचण्डको भनाई छ। 

विश्वभर पुनः फैलिएको कोरोना भाइरसको महामारीका कारण चाडपर्व मनाउँदा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गर्न पनि प्रचण्डले आग्रह गरेका छन्।
 

माघ १, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .