ad ad

समाज


अर्कैसँग बिहे गरिसकेपछि पनि पूर्वप्रेमीको याद आउँछ? राम्रो संंकेत होइन, यी हुन् सजिलै भुल्ने ५ उपाय

अर्कैसँग बिहे गरिसकेपछि पनि पूर्वप्रेमीको याद आउँछ? राम्रो संंकेत होइन, यी हुन् सजिलै भुल्ने ५ उपाय

नेपालखबर
पुस ३०, २०७८ शुक्रबार २०:१, काठमाडौँ

तपाईं कसैलाई माया गर्नुहुन्छ भने पक्कै पनि उसैसँग जीवन बिताउने कुरा सोच्नुहुन्छ। हरेक जोडी सक्दो यही प्रयास गर्छन्। तर कतिपय अवस्थामा यो सम्भव हुँदैन। जसले गर्दा अर्कैसँग विवाह गर्नुपर्छ। तर आफ्नो पूर्व प्रेमीलाई भुल्न सकिन्न। 

बिहेपछि पनि पुराना प्रेमी–प्रेमिकोको सम्झनाले सताउँछ भने त्यो राम्रो कुरा होइन। किनभने तपाईंले आफ्नो जीवन अरू कसैको साथ सुरु गरिसक्नुभएको छ, त्यसैले तपाईंले आफ्नो विगतलाई पूरै बिर्सन र वर्तमानलाई स्वीकार गर्न जरुरी हुन्छ।

आफ्नो वर्तमान जीवनसाथीसँग इमान्दार हुन र उनीसँग सुमधुर सम्बन्ध सुरुवात गर्न तपाईंले केही तरिका अपनाएर आफ्नोे पूर्वप्रेमीलाई सम्झनाबाट बाहिर निकाल्न सक्नुहुन्छ। त्यसका लागि तपाईंले केही टिप्स पालना गर्नुपर्छ, जसका माध्यमबाट तपाईं पूर्वप्रेमीलाई सजिलै बिर्सन सक्नुहुन्छ। 

१. आफ्नो भावना व्यक्त गर्नुहोस्


जब तपाईंलाई कुनै न कुनै कुुराले पूर्व प्रेमीको सम्झनाले सताउँछ तब तपाईं यो कुरा कसैसँग भन्न सक्नुहुन्छ। यसैले तपाईंले आफ्ना भावना कहीँ लेख्नुस् वा वा ऐनामा आफैँसग कुुरा गर्दै सबै कुरा व्यक्त गनृुहोस्। यसो गर्नाले तपाईको मनमा गुम्सिएका कुरा बाहिर आउँछ र तपाई धेरै स्वतन्त्र महसुस गर्नुहुन्छ।

२. पूर्व प्रेमीसँग सम्बन्ध किन टुट्यो?


तपाईंले कुनै बेला आफ्नो पूर्व प्रेमीसँग प्रेम गर्नुभएको थियो, तर उनीसँग तपाईंको सम्बन्ध किन समाप्त भयो भन्ने कुरा नबिर्सनुहोस्। तपाईंहरू छुट्टिने निर्णय गर्नुपछाडि कुनै न कुनै कारण त अवश्य थियो। प्रेमपछि कुनै पनि जोडीले खुसीले ब्रेकअप गर्दैन, जब परिस्थिति ज्यादै बिग्रन्छ, तब मात्र यस्तो निर्णय गरिन्छ। यस्तो अवस्थामा तपाईंले सोच्न जरुरी छ– तपाईं जसका बारेमा बारम्बार सोचिरहनुभएको छ, ऊसँगको सम्बन्धमा कुनै भविष्य थिएन, त्यसैले तपाई आज सँगै हुनुहुन्न।

३. आफ्नो जीवनसाथीसँग साहसिक यात्राको योजना बनाउनुहोस्


आफ्नो पुरानो प्रेमीको सम्झनामा हराउनुको साटो वर्तमान पार्टनरसँग गुणस्तरीय समय बिताउने कुरा सोच्नुहोस्। पूर्व प्रेमीको याद गर्दा वर्तमान जीवनसाथीलाई पर्याप्त समय दिन सकिन्न। यस्तो अवस्थामा आफ्नो पार्टनरसँग साहसिक यात्राको योजना बनाउनुहोस् र सकेसम्म धेरै समय बिताउने प्रयास गर्नुहोस्। यदि तपाईंको पार्टनर तपाईंसँग धेरै समय बिताउन सकिरहेको छैन भने उसलाई आफू उनीसँग धेरै समय बिताउन धेरै इच्छुक छु भनेर बताउनुहोस्। 

४. आफ्नो रुचिमा ध्यान दिनुहोस्


जब तपाईंलाई आफ्नो पूर्व प्रेमीको याद आउँछ, तब त्यसबाट  ध्यान हटाउन आफ्नो धेरै रुचिमध्ये एउटामा केन्द्रित हुनुहोस्। पेन्टिङ, नृत्य, गायन, किनमेल वा खाना पकाउनेजस्ता आफूलाई मनपर्ने काममा ध्यान केन्द्रित गर्न सक्नुहुन्छ। दिमाग खाली रहँदा पुरानो प्रेमीको धेरै सम्झना आउने भएकाले आफूलाई व्यस्त राख्नुपर्छ।  

५. साथीभाइ भेट्ने योजना बनाउनुहोस्


साथीहरूसँग भेट्नु र घुम्नुभन्दा राम्रो विकल्प के हुन सक्छ र१ तर साथी त त्यो हो जसले तपाईंका सबै दुःख भुलाउने काम गर्छ। तपाईं उनीहरूलाई आफ्नो भित्री कुरा बताउन सक्नुहुन्न भने पनि एक्लै बस्नुभन्दा साथीहरूसँग समय बिताउनु राम्रो हो। यस्तै तपाईंले आफ्नो जीवनसाथीलाई आफ्ना साथीहरूसँग परिचय गराउन सक्नुहुन्छ र सँगै घुमफिर गराउन सक्नुहुन्छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .