स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ९ का वडाध्यक्ष भिम बहादुर गुरुङ र वडा सदस्य कुल बहादुर गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष र सदस्य उपर बिगो रु. १ लाख ३५ हजार कायम गरी बिहीबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।
वडाध्यक्ष र वडा सदस्य गुरुङद्वयले सेवाग्राहीसँग नागरिकता बनाई दिन्छु भनी घुस/रिसवत लिएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान उनीहरुले एक लाख ३५ हजार घुस/रिसवत लिएको पाइएको अख्तियारले जनाएको छ।
जनप्रतिनिधि गुरुङद्वयले आर्थिक प्रलोभनमा परी दोहोरो नागरिकता बनाउन झुट्टा विवरणको आधारमा बदनियत पूर्वक गलत सिफारिस गरिदिएको पुष्टि भएको अख्तियारको दाबी छ।
177
Shares
प्रतिक्रिया