ad ad

समाज


कपिलवस्तुमा श्रीमतीको हत्या गरी फरार भारतीय युवक ७ वर्षपछि पक्राउ

कपिलवस्तुमा श्रीमतीको हत्या गरी फरार भारतीय युवक ७ वर्षपछि पक्राउ

सुदीप भण्डारी
पुस २८, २०७८ बुधबार २०:१, काठमाडौँ

कपिलवस्तुमा श्रीमतीलाई हत्या गरि आगो लगाएर फरार श्रीमान ७ वर्षपछि पक्राउ परेका छन्।

प्रहरीले भारत सिद्धार्थनगर तहसिल नौगढका ३० वर्षीय मुलायम चमार भन्ने सिकन्दर चमारलाई पक्राउ गरेको हो।

उनले ससुराली आएको बेला ७ वर्ष अघि २०७१ चैत्रमा कपिलवस्तु कृष्णनगर नगरपालिका ६ (साविक भिल्मी गाविस) श्रीनगरमा श्रीमती किस्लावती चमारको हत्या गरेका थिए।

हत्या लगत्तै फरार उनलाई मंगलबार राति साढे १० बजे जिल्लाको यशोधरा गाँउपालिका वडा नं.-६ रंगपुरस्थित दशगजा सिमानामा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको कपिलवस्तुका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए।

घट्ना विवरण अनुसार २०७१ फागुन ३० गते बेलुका श्रीमती किस्लावतीलाई लिएर मुलायम चमार ससुराल आएका थिए। घरमा छोरी ज्वाइँसँगै सुतेकाले किस्लावतीका बाबु सुखराम चमार गोठमा सुत्न गए।

सोही रात किसलावतीलाई श्रीनगर गाँउको दक्षिण पश्चिम झिन्कन आरखको रहरको खेतमा लगी मुलायमले हत्या गरेको प्रहरीको भनाइ छ। हत्या गरी आगो समेत लगाइ उनी फरार भएका थिए। 

भोलिपल्ट विहान घरदेखि करिब ३०० मिटर टाढा रहेको रहरको खेतमा काटिएको र जलाएको अवस्थामा किस्लावतीको शव गाउँलेहरुले देखेका थिए। शव देखेपछि उनीहरुले बाबु सुखरामलाई खबर गरे।

शव फेला परेको २ दिनपछि छोरीको काटिएको खुट्टा कुकुरले लगिरहेको अवस्थमा फेला पारेको उनले प्रहरी समक्ष बयान दिएका छन्।  

मुलायम परस्त्रीसँग सम्बन्धमा रहेको बारे घटना पश्चात थाहा भएको बाबुले बताएका छन्। घट्ना हुँदा किस्लावती र मुलायमको विवाह भएको २ वर्ष मात्र भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .