ad ad

समाज


कोरोना जोखिम बढेपछि उपत्यकामा कडाइ गर्ने तयारी, छलफल गर्दै सीडीओहरू

कोरोना जोखिम बढेपछि उपत्यकामा कडाइ गर्ने तयारी, छलफल गर्दै सीडीओहरू

फाइल तस्बिर : भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र ललितपुरका सीडीओ घनश्याम उपाध्याय।


नेपालखबर
पुस २५, २०७८ आइतबार १२:२५, काठमाडौँ

कोरोना संक्रमणको जोखिम पुनः बढ्न थालेपछि उपत्यकामा सतर्कता अपनाउन तयारी सुरु गरिएकाे छ।

साेही विषयमा छलफल गर्न आइतबार जिल्ला प्रशासन कार्यालयहरू भक्तपुर र ललितपुरले छुट्टाछुट्टै बैठक राख्दै छन्। 

दिउँसो २ बजे जिल्ला प्रशासन कार्यालयमा बैठक बोलाइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। 

‘आज हाम्रो जिल्लामा कोरोना संक्रमण जोखिमको अवस्था कस्तो छ भनेर छलफल हुन्छ। त्यसपछि सीसीएमसीको निर्देशनअनुसार निर्णय गर्छौं’, प्रमुख जिल्ला अधिकारी शर्माले नेपालखबरसँग भनिन्। 

उनका अनुसार छलफलमा स्वास्थ्य र सुरक्षा निकायका प्रतिनिधिसँगै जिल्लाका कार्यालय प्रमुख सहभागी हुनेछन्। 

यस्तै ललितपुर जिल्ला प्रशासन कार्यालयले पनि सोही समयमा बैठक राख्दै छ।

आज दिउँसो २ बजे बस्ने खोप समितिको बैठकमा जिल्लामा पछिल्लो समय देखिएको संक्रमणको अवस्था र त्यसलाई रोक्न आवश्यक निर्णयबारे छलफल हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए। 

‘हाम्रो नियमित खोप समितिकै बैठक थियो। त्यहीँ हामी जिल्लामा देखिएको पछिल्लो संक्रमणको जोखिम र त्यसका लागि चाल्नु पर्ने कदमका बारेमा छलफल गर्छौं। केही दिनभित्रमा थप सतर्कता अपनाउनका लागि निर्णय गर्नुपर्ने हुनसक्छ’, उपाध्यायले नेपालखबरसँग भने।

यता जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भने आइतबार यस विषयमा छलफल नरहेको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए। 

सुरुमा तीनवटै जिल्ला प्रशासनले छुट्टाछुट्टै छलफल गर्ने र पछि संयुक्त बैठक बसेपछि मात्रै उपत्यकामा कोरोना संक्रमण रोक्न कस्ताे सतर्कता अपनाउने भन्नेबारे निर्णय लिइने भएकाे छ। 

संयुक्त बैठक केही दिनमै बस्ने तयारी छ।

पछिल्लाे समय नेपालमा पनि नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढ्दै गएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहितका नेता आइसोलेसनमा छन्।

प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुमा भने कोरोना संक्रमण पुष्टि भइसकेको छ।

प्रधानमन्त्री देउवा र सञ्चारमन्त्री कार्कीकाे काेराेना परीक्षण आज गरिँदै छ।

यी पनि

शीर्ष तहमा कोरोना सन्त्रास : प्रधानमन्त्रीपछि सञ्चारमन्त्री आइसोलेसनमा

दिनानाथ शर्मा र शक्ति बस्नेत दम्पतीलाई पनि कोरोना संक्रमण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .