ad ad

समाज


भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलबाट हुने सबै उडान प्रभावित

भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलबाट हुने सबै उडान प्रभावित

नेपालखबर
पुस १६, २०७८ शुक्रबार ८:४२, काठमाडौँ

हुस्सु र कुहिरोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ। 

भिजिबिलिटी कम हुँदा आज (शुक्रबार) बिहानैदेखि कुनै पनि जहाज अवतरण र उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलमा भिजिबिलिटी  नहुँदा कुवेतबाट आएको दुई जहाज अवतरण हुन सकेका छैनन्। कुवेतबाट आएको जजिरा एयरलाइन्सका दुईवटा जहाज अहिले सिमरामाथिको आकाशमा फन्को लगाइरहेका विमानस्थल स्रोतले जनाएको छ। 

आज बिहानैदेखि काठमाडौं उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न आन्तरिक उडानका विमानका लागि १ हजार र अन्तर्राष्ट्रिय उडान गर्ने जेट विमानका लागि ११ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ।

भिजिबिलिटी कम हुँदा बुधबार पनि त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक हवाइ उडान प्रभावित भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .