ad ad

समाज


मौसम अपडेट : शुक्रबारसम्मको सम्भावना

मौसम अपडेट : शुक्रबारसम्मको सम्भावना

फाइल तस्बिर


नेपालखबर
मंसिर २२, २०७८ बुधबार ६:२७, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। यतिबेला देशको पहाडी भेगमा मौसम आंशिक (थोरै आकाश बादलले ढाकेको) बदली छ।

महाशाखाले अहिले (बुधबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आजसमेत ३ दिन मौसम यस्तो रहने अनुमान छ :

बुधबार
दिउँसो : प्रदेश नं १ को भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

राति : प्रदेश नं १ र प्रदेश नं २ का भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

बिहीबार

दिउँसो :प्रदेश नं १ को  भूभागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भूगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

राति : प्रदेश नं १ र प्रदेश नं २ को भूभागमा आंशिकदेखि सामान्य बदली,  बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र प्रदेश नं २  का भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

शुक्रबार
दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श 
देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन हुन अनुरोध छ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुनसमेत अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .