कोरोना संक्रमणविरुद्ध खोप लगाएकी मकवानपुर, हेटौँडाकी एक महिलाको मृत्यु भएको छ।
हेटौंडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको मंगलबार हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना संक्रमण पृष्टि भएको थियो।
उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन्। उनलाई कारोना संक्रमण हुनुअगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ। रासस
177
Shares
प्रतिक्रिया