ad ad

समाज


स्टडी ग्रुपले नेपाली विद्यार्थीका लागि ‘जब रेडी प्रोग्राम’ ल्याउने

स्टडी ग्रुपले नेपाली विद्यार्थीका लागि ‘जब रेडी प्रोग्राम’ ल्याउने

नेपालखबर
मंसिर २१, २०७८ मंगलबार २०:४२, काठमाडौँ

विश्वव्यापी अन्तर्राष्ट्रिय शिक्षा प्रदायक स्टडी ग्रुपले अमेरिका र बेलायतका विभिन्न विश्वविद्यालयहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई उनीहरुको करियरमा मद्दत गर्ने उद्देश्यले ‘जब रेडि प्रोग्राम’ ल्याएको छ।

यो प्रोग्राम विशेष गरी नेपाली विद्यार्थीहरूलाई भविष्यमा सहज रुपमा रोजगारी पाउने अवसर बढाउनको लागि ‘कि ट्रान्सफरेबल स्कील्स’ सिक्न मद्दत गर्न डिजाइन गरिएको स्टडी ग्रुपले जनाएको छ। 

जसले उनीहरूलाई पढ्दै कमाउने अवसर प्रदान गर्दै पढाई सकेपछि अन्तरराष्ट्रिय कम्पनीहरुमा रोजगारी पाउन सक्षम बनाउने संस्थाको विश्वास छ।

स्टडी ग्रुपले यूके इन्टरनेशनल स्टडी सेन्टर वा युएस इन्टरनेशनल कलेजबाट आफ्नो प्रकृया अगाडि बढाउने सबै विद्यार्थीहरूको सम्पूर्ण सेवा शुल्क व्यहोर्ने जनाएको छ।

स्टडी ग्रुपका विद्यार्थीहरूले शैक्षिक सामग्रीको साथै सि.भी. लेखन र प्रोफाइल प्रेजेन्टेसनको लागि पनि सहयोग प्राप्त गर्नेछन्। यसको साथै उनिहरुले इन्टर्भ्यु कोचिङ, मक इन्टर्भ्युबाट पनि लाभ लिन सक्नेछन्। यो कार्यक्रम सकिएपछि विद्यार्थीहरुले सम्भावित रोजगारदाताहरुसँग ३ वटा सम्म इन्टर्भ्यु सेक्युर गर्न आवश्यक सहयोग प्राप्त गर्न सक्नेछन्।
 

नेपाली शैक्षिक पद्धतिबाट विदेशी शैक्षिक पद्धतिमा सजिलै ट्रान्जिसन हुन आवश्यक भाषाको साथ–साथै जीवनोपयोगी शिक्षा र लर्निङ स्किलहरु सिक्न विद्यार्थीहरुलाई सहयोग गर्ने उद्धेश्यले ल्याइएको अनलाइन कार्यक्रम हो। 

स्टडी ग्रुपका निःशुल्क रोजगार सेवा अन्तर्गत युकेमा अध्ययनरत नेपाली विद्यार्थीहरुले पढ्दै काम गर्ने अवसर पाउनुका साथै की ट्रान्स्फरेबल स्किल्स सिक्न र कामको अनुभव लिन सहयोग गर्नेछ। 

भर्चुअल इन्टर्नशिप  
स्टडी ग्रुपले भर्चुअल इन्टर्न्शिपस् पार्ट्नर्स लि.सँग सहकार्य गरेर नेपाली विद्यार्थीहरुलाई ७० भन्दा बढी देशहरुको ४० भन्दा बढी उद्योगहरुमा अनलाइन इन्टनशिप र कामको अवसर प्रदान गर्नेछ। भर्चुअल इन्टर्न्शिपस्ले विश्वभरीका ४,००० भन्दा बढी कम्पनीहरुसँग सहकार्य गरेर हजारौँ विद्यार्थीहरुलाई रिमोट इन्टर्नशिपको माध्यमबाट प्रोफेसनल स्किलहरु वृद्धि गर्न सहयोग गर्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .