ad ad

समाज


तीन देशका लागि प्रस्तावित राजदूतबारे संसदीय समितिमा सुनुवाइ

तीन देशका लागि प्रस्तावित राजदूतबारे संसदीय समितिमा सुनुवाइ

सिंहदरबारमा संसदीय सुनुवाइ हुँदै। तस्बिर : नेपालखबर


नेपालखबर
मंसिर २०, २०७८ सोमबार १४:२७, काठमाडौँ

संसदीय सुनुवाइ समितिले भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको सुनुवाइ गरिरहेको छ।

संसद सचिवालय सिहदरबारमा जारी सुनुवाइमा बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यले नेपाल बेलायत सम्बन्ध र सहकार्यका सम्भावनाबारे धारणा राखे। 

उनले बेलायतसँग पारस्परिक हित र लाभका आधारमा सम्बन्ध राख्न आफूले भूमिका खेल्ने बताए। 

बेलायती लगानीकर्तालाई नेपाल ल्याउन आफुले प्रेरित गर्ने आचार्यले बताए। 

त्यसैगरी बेलायती गोर्खाका समस्या समाधानका लागि पहल गर्ने बताए। सुनुवाइ समितिका सदस्यहरुले आचार्यको भावी कार्ययोजनाबारे जानकारी मागेका छन्। 

बैठकमा बोल्दै समिति सदस्य एवम् सांसद पुष्पा भुसालले आचार्यको योग्यता र क्षमतामा प्रश्न उठाउने ठाउँ नरहेको बताइन्। 

'नेपालसँग लामो कूटनीतिक सम्बन्ध भएको बेलायतबाट अब कसरी बढी सहयोग लिन सकिन्छ भन्ने गम्भीर विषय हो', उनले भनिन्। 

समितिका अर्का सदस्य सुरेन्द्र पाण्डेले प्रस्तावित राजदूत आचार्यलाई बेलायती गोर्खा सेनाका मुद्दा समाधान गर्न पहलकदमी लिन आग्रह गरे। 

उनले बेलायती लगानीकर्तालाई आकर्षित गर्न, मुलुकमा लगानीको वातावरण बनाउन आवश्यक रहेको बताउँदै राजदूतले आफ्ना तर्फबाट पनि त्यसमा कोसिस गर्नुपर्ने बताए। 

समितिले सोमबारै भारतका लागि प्रस्तावित शंकर शर्मा र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीको पनि सुनुवाइ गर्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .