ad ad

समाज


नक्कली बिलबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ

नक्कली बिलबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ

नेपालखबर
मंसिर १५, २०७८ बुधबार १७:३४, काठमाडौँ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली बिल बुक बनाई चोरीका मोटरसाइकल चलाउने दुई जनालाई नियन्त्रणमा लिएको छ।  

काभ्रे पाँचखाल ४ घर भई बालाजु बस्ने वर्ष ३० को दिलिप राई चालक र पछाडी सवार गोरखा पालुङटार ९ बस्ने वर्ष २५ को नवीन कोइरालालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए। 

महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको टोलीले बौद्धबाट कालो रातो रंगको २२० सीसीको प्रदेश ३–०२–०१४ प ७८३७ नम्बरको पल्सर मोटरसाइकल बास्तविक नम्वर परिवर्तन गरि नक्कली बिलबुक बनाएर मोटरसाइकल चलाइरहेको अबस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो।

उक्त मोटरसाइकलको वास्तविक नम्बर प्रदेश ३–०२–०११ प ४४०४ रहेको खुल्न आएको पनि उनले बताए।

पक्राउ भएको मोटरसाइकल जडीबुटीबाट हराएको भनी कामनपा वडा नं. ३२ जडीबुटी बस्ने दुर्गा नारायण श्रेष्ठले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए। 

पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहीका लागी महानगरीय प्रहरी बृत्त, नयाँ बानेश्वरमा पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .