ad ad

समाज


सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोक्न सुरु, पहिलो दिन १० इजलास गठन

सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोक्न सुरु, पहिलो दिन १० इजलास गठन

नेपालखबर
मंसिर १५, २०७८ बुधबार ११:४८, काठमाडौँ

सर्वोच्च अदालतमा गोला प्रथाबाट पेसी तोक्न सुरु गरिएको छ। 

पहिलो दिन आज यो प्रणालीबाट दुईवटा एकल इजलाससहित १० वटा इजलास गठन गरिएका हु्न्। 

जसअनुसार वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश टंकबहादुर मोक्तानको संयुक्त तथा न्यायाधीश मीरा खड्काको एकल इजलास गठन गरिएको छ।

यस्तै न्यायाधीश हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलास गठन गरिएको छ। 

यसैगरी न्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीश बमकुमार श्रेष्ठको इजलास तोकिएको छ। यस्तै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठको संयुक्त इजलास गठन गरिएको छ।

न्यायाधीश डा. कुमार चुडालको एकल तथा न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र डा. मनोज शर्माको संयुक्त इजलास गठन गरिएको छ।  

यसैगरी न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मी, प्रकाशमानसिंह राउन र हरि फुयाँलका संयुक्त इजलास गठन गरिएका छन्। 

यस्तै सपना प्रधान मल्ल र प्रकाश ढुंगाना तथा तेजबहादुर केसी र नहकुल सुवेदीका पनि संयुक्त इजलास गठन गरिएका छन्। 

यो पनि : ​यसरी गठन हुन्छ इजलास

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .