ad ad

समाज


नगरपालिका कार्यालयभित्रै महिला कर्मचारीमाथि बलात्कार प्रयास

नगरपालिका कार्यालयभित्रै महिला कर्मचारीमाथि बलात्कार प्रयास

नेपालखबर
मंसिर १५, २०७८ बुधबार ७:४६, काठमाडौँ

बाराको पचतौरा नगरपालिकाकी एक महिला कर्मचारीले आफूमाथि कार्यालयमै बलात्कार प्रयास भएको भन्दै प्रहरीमा उजुरी गरेकी छन्।

२२ वर्षीया ती युवतीले पालिकाकै कर्मचारी ३२ वर्षीय सञ्जय पासवानले आफूलाई कार्यालयमै बलात्कार प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बारामाउजुरी गरेकी हुन्। पासवान नगरपालिकाको कार्यालय सहयोगी पदमा कार्यरत कर्मचारी हुन्।

गएको बिहीबार पासवानले कार्यालयभित्रै आफूमाथि यस्तो हर्कत गरेको उनको आरोप छ।

घटनालाई सामसुम गर्न जनप्रतिनिधिहरूले नै दबाब दिए पनि आफूले नमानेको ती युवतीले बताएकी छन्। नगरपालिकाका जनप्रतिनिधिले विचौलियाको रुपमा आर्थिक लेनदेन गरी विवाद मिलाउन दबाब दिएको आरोप उनको छ। 

उजुरीमाथि अनुसन्धान सुरु गरिएको बाराका प्रहरी उपरीक्षक दिपेन्द्रबहादुर शाहीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .