आमा र बहिनीको कुटपिटबाट मोरङमा एक व्यक्तिको ज्यान गएको छ।
कुटपिट कटहरी गाउँपालिका ५ का ४० वर्षीय राजेन्द्र उरावको मृत्यु भएको हो। कुटपिटमा संलग्न ५५ वर्षीया बातियो उराव र उनकी छोरी ३० वर्षीया रिता उरावलाई प्रहरीले पक्राउ गरेको छ।
गत मंसिर ११ गते राजेन्द्रले मादक पदार्थ सेवन गरी वादविवाद हुँदा आमा र बहिनीले बाँसको लाठीले टाउकोमा प्रहार गरेका थिए।
त्यतिबेला घाइते भएका राजेन्द्रको नोवेल अस्पताल बिराटनगर उपचारको क्रममा सोमबार मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।
33
Shares
प्रतिक्रिया