ad ad

समाज


कांग्रेस अधिवेशनका क्रममा सर्लाहीमा फेरि गोली चल्यो

कांग्रेस अधिवेशनका क्रममा सर्लाहीमा फेरि गोली चल्यो

नेपालखबर
मंसिर १३, २०७८ सोमबार १६:३७, काठमाडौँ

नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद भएपछि सर्लाही जिल्लामा आज (सोमबार) पनि गोली चलेको छ।

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ बलरा नगरपालिका–८ मा सोमबार पुनः गोली चलेको हो।

वडा अधिवेशनका क्रममा झडप भएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेर भीड तितरबितर पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधव बुढाथोकीले बताए। डीएसपी बुढाथोकीका अनुसार झडपमा एक जना मतदान अधिकृत र केही प्रहरी घाइते भएका छन्।

सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता अमरेश कुमार सिंह र प्रदेश सांसद एवं प्रदेश २ का महिला तथा बालबालिका मन्त्री वीरेन्द्र सिंहबीच विवाद छ।

विवादकै कारण आइतबार पनि मन्त्री सिंहका अंगरक्षकले हवाई फायर गरेका थिए। आइतबार भएकाे झडपमा मन्त्री सिंहका अंगरक्षक प्रहरी हवल्दार रामचन्द्र खङ र सहयोगी रामचन्द्र महतो घाइते भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .