ad ad

समाज


कांग्रेस सर्लाहीको अधिवेशनमा गोली चल्यो

कांग्रेस सर्लाहीको अधिवेशनमा गोली चल्यो

नेपालखबर
मंसिर १२, २०७८ आइतबार १९:६, काठमाडौँ

नेपाली कांग्रेसको अधिवेशनको क्रममा विवाद हुँदा सर्लाहीमा मन्त्रीका पीएसओले गोली चलाएका छन्। 

सर्लाहीको बलरा नगरपालिका–९, अचलगढमा वडा अधिवेशनको क्रममा कांग्रेस कार्यकर्ताबीच विवाद बढेपछि प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका पीएसओ प्रहरी हवल्दार रामचन्द्र खंगले पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेका हुन्। 

‘भीआईपीको सुरक्षामा खतरा देखिइसकेपछि पीएसओले गोली चलाउन सक्छ’, सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी माधव बुढाथोकीले भने, ‘पीएसओले एक राउण्ड हवाई फायर गरेको हो।’

बलारा नगरपालिकाको वडा नम्बर ९ को अधिवेशनमा पुगेका मन्त्री सिंह र स्थानीय कार्यकर्ताबीच धकेलाधकेल भएको थियो। 

स्थानीय कार्यकर्ताले मन्त्रीले वडाअधिवेशनमा अनावश्यक हस्तक्षेप गरेको आरोप लगाएका छन्। मन्त्रीले निर्वाचन अधिकारीहरुलाई नै हप्काउन थालेपछि स्थानीयले उनीमाथि हुलहुज्जत गरेका थिए। 

कार्यकर्ताको आक्रमणबाट हवल्दार खंगलाई पनि सामान्य चोट लागेको डीएसपी बुढाथोकीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .