काठमाडौंको टेकुस्थित बागमती किनारमा एक महिलाको शव फेला परेको छ।
पहिचान नभएकी करिव ३५ वर्षीया महिलाको शव बागमती किनारमा फेला परेको काठमाडौं प्रहरी परिसरका प्रहरी निरीक्षक अनिल अधिकारीले जानकारी दिए।
शव करिव ३ दिन पहिलेको हुन सक्ने प्रहरीको अनुमान छ। पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।
घटनाको थप अनुसन्धान गरिरहेको पनि परिसरले बताएको छ।
189
Shares
प्रतिक्रिया