ad ad

समाज


साँझ श्रीमानसँग विवाद भयो, राति नाबालक छोराछोरीसहित 'आत्महत्या' गरिन्

साँझ श्रीमानसँग विवाद भयो, राति नाबालक छोराछोरीसहित 'आत्महत्या' गरिन्

फाइल तस्बिर


नेपालखबर
मंसिर १२, २०७८ आइतबार १२:५७, जनकपुरधाम

सर्लाहीमा आामासहित दुई छोराछोरी घरमै मृत फेला परेका छन्। 

बरहथवा नगरपालिका-१ बस्ने शिव हजारीकी श्रीमती २६ वर्षीया कविता हजारी, ६ वर्षीया छोरी सलोनी कुमारी र ४ वर्षीय छोरा स्वागत घरमै मृत भेटिएका हुन्। 

इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी उमाशंकर यादवका अनुसार उनीहरु आइतबार बिहान घरमै मृत फेला परेका हुन्। 

साँझ विदेशमा रहेका श्रीमान शिवसँग फोनमा विवाद भएको थियो। कविता र शिवले भागी प्रेम विवाह गरेका थिए।

वडाध्यक्ष रत्न बहादुर गिरीका अनुसार राति कविताले सेवाइको खीर बनाएर छोराछोरीलाई खुवाएर सुताएकी थिइन्।

सटरभित्रै किराना पसल रहेको छ। त्यहीभित्र बस्ने खाने गरेका थिए।

आमा कविता पासो लागेको अवस्थामा र छोराछोरी ओछयानमै मृत फेला परेका छन्। 

बिहान नउठेपछि छरछिमेकले खोजी गरेका थिए। कविताकी श्रीमान् शिव हजारी वैदेशिक रोजगारमा मलेसियामा छन्। 

उनले घरमै एउटा सटरमा किराना पसल चलाएकी थिइन्। सटरभित्रै तीनैजना मृत भेटिएको बरहथवाका मेयर देवानन्द मेहताले बताए। 

घटनास्थलको मुचुल्का गरि तीनैजनाको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ। 

आमाले छोराछोरीलाई विष खुवाएर ज्यान लिएपछि आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ। 

घटना शनिबार मध्यरातकै हुन सक्ने डीएसपी यादवले बताए। उनले पोस्टमार्टम र अनुसन्धानपछि घटनाको कारण खुल्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .