ad ad

समाज


जाजरकोट बस दुर्घटना : ज्यान गुमाउने पाँचै जनाको सनाखत

जाजरकोट बस दुर्घटना : ज्यान गुमाउने पाँचै जनाको सनाखत

नेपालखबर
मंसिर १२, २०७८ आइतबार १०:१९, काठमाडौँ

जाजरकोटमा आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी मधुकुमार थापाका अनुसार दुर्घटनामा रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ की २४ वर्षीया सन्ध्या मल्ल शाही, उनकी चार वर्षीया छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, जारकोटकै कुशे गाउँपालिका–९ की १८ वर्षीया अनिला नेपाली र सप्तरीका ४० वर्षीय गंगाराम यादवको मृत्यु भएको छ।

नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस आज बिहान २ बजे भेरी नगरपालिका–१३ कुदुनजिकै बाराखोलामा दुर्घटनामा परेको हो। 

दुर्घटनामा चालकसहित २८ जना घाइते भएका छन्। जसमध्ये ३ जनाको अवस्था गम्भीर छ। उनीहरुलाई हेलिकप्टर मगाएर नेपालगञ्ज पठाउने तयारी भइरहेको डिएसपी थापाले जानकारी दिए।

यो पनि

जाजरकोटमा रात्रीबस दुर्घटना, ५ जनाको मृत्यु, ३० घाइते

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .