ad ad

समाज


म खेलाडी हो, डाक्टरले नखेल्नु भनेकाले खेल्दिनँ : केपी ओली

म खेलाडी हो, डाक्टरले नखेल्नु भनेकाले खेल्दिनँ : केपी ओली

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७८ आइतबार १८:१३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले आफू कुशल फुटबल खेलाडी भएको बताएका छन्। 

एमालेनिकट खेलकुद महासंघले आइतवार गरेको खेल नीति सम्मेलनलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

उनले नेपालीहरु उकाली ओराली गर्ने भएकाले स्टामिना पनि बलियो भएको तर्क गरेका छन्। 

'हामी उकाली ओराली गरेकाले स्टामिना बलियो छ। प्रकृति नै हामी उकालो नलागी नहुने खालको छ', उनले भने, 'अरुलाई गाह्रै पर्छ। तर हाम्रो सेना ३२ केजी भारी बोकेर काठमाडौंबाट नगरकोट पुग्छ।'

उनले आफू उमेरमा फुटबल खेलाडी रहेको पनि बताएका छन्। 'म पनि फुटबल खेल्थेँ, त्यसपछि ब्याडमिन्टन खेल्न थालेँ', उनले भने, 'केही वर्षअघि मैले फुटबल खेलेको थिएँ। तर फुटबल एकातिर हुन्थ्यो, म अर्कातिर हुन्थेँ, तालमेल नमिल्ने रहेछ।'

उनले आफूलाई डाक्टरले नलड्नु भनेकाले खेल्छ छाडेको पनि बताए। 'मलाई डाक्टरले नलड्नु भनेकाले नखेलेको हो। लडेँ भने कहाँ ठक्कर लाग्छ थाहा छैन, त्यही भएकाले नखेलेको हो', उनले भने, 'म फुटबल खेलाडी थिएँ, त्यसपछि ब्याडमिन्टन खेलेँ, अब अहिले टेबल टेनिस खेल्दैछु। अब चेस खेल्छु। तर चेस नराम्रो खेल होइन, बुद्धि बढाउने खेल हो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .