ad ad

समाज


श्रीमतीको हत्या गरी जंगलमा फालेर फरार व्यक्ति पक्राउ

श्रीमतीको हत्या गरी जंगलमा फालेर फरार व्यक्ति पक्राउ

नेपालखबर
कात्तिक २२, २०७८ सोमबार १७:१०, काठमाडौँ

आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

गत असोज १७ गते दिउँसो बुद्धभूमि नगरपालिका ९ चम्पापुरस्थित कपिलवस्तु साझेदारी सामुदायिक जंगलमा मानव कंकाल फेला परेको थियो। 

उक्त कंकाल स्थानीय ३५ वर्षीया चिन्का लोनियाको भएको खुलेको थियो। उनको हत्या गरी जंगलमा फालेर फरार रहेको अभियोगमा अभियुक्त महाराजगञ्ज नगरपालिका ११ बाबा बनगाईका उनका श्रीमान ४५ वर्षीय राम केवल लोनियालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको हो।

सुरुमा मृतकको पहिचान समेत खुलेको थिएन। असोज २६ गते ईलाका प्रहरी कार्यालय गोरुसिङेमा कर्तव्य ज्यान मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

कात्तिक ७ गते घटनास्थलमा फेला परेका चप्पल, कपडाहरुबाट मृतकको सनाखत भएको थियो। अनुसन्धानका क्रममा चिन्कालाई राम केवलले हत्या गरी नेपाल भारत सीमा क्षेत्रमा लुकिछिपी बस्दै आएको खुलेको थियो। 

चिन्काले पर पुरुषसँग अवैध सम्बन्ध राख्ने गरेको शंकाको विषयलाई लिएर आपसी झगडा भएपछि श्रीमतीको हत्या गरेको प्रहरीलाई बताएका छन्। 

भदौ १५ गते बात्ती काट्ने काठ लिन भन्दै जंगलमा लगेका उनले हँसियाले रेटेर हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीले घटना बारे थप अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .